मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

माधव नेपालबाहेक सबैलाई एमालेमा ढोका खुला छ : महासचिव पोखरेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१२:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपालबाहेक सबैलाई एमालेमा समाहित गर्न ढोका खुला रहेको बताएका छन्। शुक्रबार प्रेस चौतारीको कार्यक्रममा पोखरेलले एमाले विभाजन गर्ने षड्यन्त्रको नायक नेपाल भएको भन्दै उनलाई एमालेमा स्थान नभएको बताए।

एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदीसहितकाे टोलीलाई प्रेस चौतारीमा स्वागत गर्दै पोखरेलले भने, ‘माधव नेपालका लागि ढोका खोलिएको छैन। उहाँ (विश्वमणि सुवेदी)लाई जसरी चौतारीले सम्मान दियो, त्यसैगरी सम्मान दियो भने उहाँ (माधव नेपाल) नै आउनुहुन्छ। त्यसकारण कारबाहीको के अर्थ ? तर, उहाँले गल्ती गर्नुभएको छ, उहाँ दुर्घटनाको नायक हो । उहाँलाई सम्मान दिने पक्षमा एमाले छैन।’

भीम रावललाई एमालेले एक वर्षअघि नै स्पष्टीकरण सोधेर निवासमै पत्र पठाए पनि कार्यालयमै आएर पत्र बुझ्ने भन्दै फर्काएको पोखरेलले बताए। पार्टीको विरोध गरिरहने, तर पार्टीमा फर्किएर काम गर्न गरेकाे आग्रहलाई इन्कार गरिरहेकाले रावलकै भविष्यको कल्याण सोचेर एमालेले ढोका खुला गरिदिएको उनले तर्क गरे।