मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ माघ ३ बिहीबार
  • Thursday, 06 February, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ माघ ३ बिहीबार oo:१o:oo
Read Time : < 1 मिनेट
विश्व

चार सय ६० दिनपछि इजरायल-हमास युद्धविराम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ माघ ३ बिहीबार oo:१o:oo

४६० दिन लामो युद्धपछि इजरायल र हमासबिच युद्धविरामको प्रक्रिया सुरु भएको छ। बुधबार युद्धविरामका लागि दुवै पक्ष सहमत भएका छन् । केही बन्दीहरू रिहा गरेर युद्धविरामलाई अघि बढाउन लागिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। 

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा आक्रमण गरेपछि दुई देशबिच युद्ध सुरु भएको थियो । सो आक्रमणमा एक हजार २१० जनाको मृत्यु भएको थियो। त्यसपछि इजरायलले निरन्तर गाजामा आक्रमण गर्दै आएको छ। जहाँ ४६ हजारभन्दा धेरैले ज्यान गुमाएका छन्।

हमासले इजरायलबाट ९४ जनालाई बन्दी बनाएको छ । जसमा नेपालका विपिन जोशीसमेत छन्। उनको अवस्था अज्ञात छ। युद्धविराम सुरु भएसँगै उनको रिहाइका लागि नेपाल सरकारले पनि पहल थालेको छ। 
इजरायल-हमास युद्ध रोक्न केही दिनदेखि अमेरिका, कतार र इजिप्टले प्रयास गर्दै आएका थिए।