१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २३:१६:oo
Read Time : < 1 मिनेट
समाचार

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गर्नेलाई कारबाही गर्न नेपाली कांग्रेसको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २३:१६:oo

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीलाई अदालत परिसरभित्रै हातपात र दुव्र्यवहार गर्नेमाथि नेपाली कांग्रेसले कारबाहीको माग गरेको छ।  बुधबार प्रेस बिज्ञप्ति जारी गर्दै कांग्रेसले घटनाको निन्दा पनि गरेको छ ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको बिज्ञप्तिमा भनिएको छ,‘विधिको शासनमा अदालतमा पक्ष र विपक्षका बीचमा बहस गर्न पाउने जो सुकैलाई पनि अधिकार रहेको हुन्छ । यो घटनालाई नेपाली कांग्रेसले अत्यन्त दुःखदायी घटनाको रुपमा लिएको छ । विधिको शासन, कानूनी राज्य र न्यायपालिकाप्रति विश्वास राख्ने राजनीतिक दलका लागि यो अराजकता र अवांछित गतिविधि कदापी स्वीकार्य हुन सक्दैन । यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भत्सर्ना गर्दछ । यस्ता घटनामा संलग्न जो सुकैलाई पनि कानूनी कारवाहीको दायरामा ल्याई कडा भन्दा कडा कारवाही गर्न नेपाली कांग्रेस सरकारसँग जोडदार माग गर्दछ।’ 

रवि लामिछाने जोडिएको सहकारीको मुद्दामा जिल्ला अदालत पुगेका उनीमाथि अदालतबाट निस्कने क्रममा बुधबार हातपात भएको हो । रास्वपाका कार्यकर्ताले आफुमाथि आक्रमण गरेको उनको भनाई छ । प्रहरीले एक व्यक्तिलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ । रास्वपाले घटनामा आफ्ना सदस्यको संलग्नता देखिए कारबाही गर्ने जनाएको छ ।