१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:२३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

सात करोड ८७ लाख ठगीको आरोपमा काठमाडौं–४ का पूर्ववडाध्यक्ष पक्राउ  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:२३:oo

काठमाडौं महानगरपालिकाका वडा नम्बर ४ का पूर्ववडाध्यक्ष मोहनबहादुर विष्ट सात करोड ८७ लाख रुपैयाँ ठगीको आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले उनलाई शनिबार बिहान शंखपार्कबाट पक्राउ गरेको हो।  

तारकेश्वर–८ का राजेन्द्र कोइरालाको जाहेरीका आधारमा उनी पक्राउ परेका हुन्। काठमाडौंको धर्मस्थलीस्थित जग्गा बिक्रीका लागि भनेर विष्टसहितका व्यक्तिले पाँच करोड बैना दिएकोमा पछि पास गर्न भनेर थप एक २ करोड ८७ लाख दिएका थिए। तर, जग्गा विवादित भएको खुलेपछि कोइरालाले रकम फिर्ता मागेका हुन्। फिर्ता नदिएपछि उनले प्रहरीमा उजुरी दर्ता गरे। प्रहरी स्रोतका अनुसार पटक–पटक उनीहरूबिच छलफल गराए पनि सहमति नभएपछि ठगीसम्बन्धी जाहेरी दर्ता गरेर अनुसन्धान अघि बढेको हो। 

विष्ट पक्राउ परेकामा सो मुद्दामा सुलोचना कँडेल, शान्ति पाठक र रविन विष्ट फरार छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले विष्टलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको बताए। 
पक्राउ परेका विष्ट २०७४ को निर्वाचनमा नेकपा(एमाले)बाट निर्वाचित भएकोमा २०७९ मा भएको निर्वाचनमा पार्टीले टिकट नदिएपछि स्वतन्त्र रूपमा उठेका थिए। 

वडाध्यक्ष हुँदा पनि उनी सार्वजनिक जग्गा मिचेकोदेखि सामाजिक सुरक्षा भत्ता अनियमितता गरेको विवादमा परेका थिए।