मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 30 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार

दुर्गा प्रसाईंविरुद्ध राष्ट्र बैंकले पनि दियो सिआइबीमा उजुरी, आपराधिक लाभ मुद्दामा पक्राउ पुर्जी जारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४५:oo

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध आपराधिक लाभ मुद्दामा पनि पक्राउ गरी अनुसन्धान गर्न अदालतले प्रहरीलाई अनुमति दिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको हो । हाल साइबर अपराध मुद्दामा प्रसाईंलाई थुनामा राखी साइबर ब्युरोले अनुसन्धान गरिरहेको छ । 

प्रसाईंका सहयोगी झापाका हरिचन्द्र फुयाँललाई थुनामा राखेर सिआइबीले आपराधिक लाभ मुद्दामा छुट्टै अनुसन्धान गरिरहेको छ । फुयाँलले भारतीय नम्बरबाट व्यवसायी तथा राष्ट्र बैंकका कर्मचारीलाई धम्क्याएका थिए । नेपाल राष्ट्र बैंकबाट समेत सो विषयमा जाहेरी आएको सिआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए । प्रसाईंकै निर्देशनमा व्यवसायी तथा राष्ट्र बैंकका अधिकारीलाई फोन गराएर धम्क्याएको अनुसन्धानमा देखिएको छ । प्रहरीले आपराधिक लाभका साथै संगठित अपराधको कसुरमा पनि प्रसाईं र उनका सहयोगीमाथि अनुसन्धान अघि बढाएको छ । भारतका गुन्डानाइके लरेन्स विश्नोईको नाम लिएरसमेत व्यवसायीलाई धम्क्याउँदै पैसा मागिएको प्रहरीले जनाएको छ । 

प्रधानमन्त्री केपी ओलीको कम्बोडियामा लगानी रहेको भनेर नक्कली कागजपत्र सार्वजनिक गरेको भन्दै गत ३ मंसिरमा प्रहरीले प्रसाईंलाई पक्राउ गरेको हो। साइबर अपराध मुद्दा सकिएपछि उनलाई सिआइबी लैजाने तयारी छ।