१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:११:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजमा बम राखिएको हल्ला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:११:oo

दिल्लीबाट काठमाडौं आएको एयर इन्डियाको जहाजमा बम राखिएको हल्ला फैलिएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ। 

१७० यात्रु र चालक दलका सदस्य बोकेको जहाज दिउँसो ३:३९ बजे विमानस्थलमा ल्यान्ड भएको थियो भने ४:३१ मा जहाजमा बम छ भनेर सूचना आएको सुरक्षा अधिकारीले बताएका छन्। 

जहाजमा बम राखिएको हल्लापछि अहिले सुरक्षा चेकजाँच जारी छ। यात्रुलाई निकालेर लगेजहरूको कुकुरसहितको सुरक्षा टोलीले चेकजाँच गरिरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ। 

यसअघि दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरलाइन्सको ए ३२० जहाजमा पनि बम राखिएको भन्दै हल्ला फैलाइएको थियो। पछिल्लो समय अज्ञात समूहले भारतीय वायुयानमा ‘बम’ राखेको फेक हल्ला चलाइरहेका छन्।

अहिलेसम्म दर्जनौँ आन्तरिक र अन्तर्राष्ट्रिय उडानहरूमा बम राखेको गलत सूचना फैलाएर धम्की दिइसकेको छ, जसले गर्दा भारतीय उड्डयन क्षेत्र नै त्रासदीमा छ।