१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format ११:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सरकारका सय दिनको उपलब्धि जनतालाई सुनाउन काठमाडौंमा प्रदर्शन : अग्नि सापकोटा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format ११:३१:oo

माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले केपी ओली नेतृत्वको सरकारको सय दिनको उपलब्धि जनतालाई सुनाउन माओवादी केन्द्रले काठमाडौंमा प्रदर्शन गर्न लागेको बताएका छन् । बुधबार प्रेस सेन्टर नेपालका पदाधिकारीहरूसँगको छलफलमा उनले यस्तो बताएका हुन् ।

प्रेस सेन्टर नेपालका इन्चार्जसमेत रहेका उपाध्यक्ष सापकोटाले कात्तिक १० गते हुने प्रदर्शनका क्रममा सरकारको सय दिनको उपलब्धि राम्रोसँग थाहा पाउने बताए । ओली नेतृत्वको सरकारकाे सय दिन पुगेलगत्तै प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले आक्रामक रूपमा प्रस्तुत हुने नीति लिएको छ। यस क्रममा माओवादी केन्द्रले कात्तिक १० गते काठमाडौंमा प्रदर्शन गर्न लागेको हो।

यसअघि विपक्षी दलको तर्फबाट सरकारलाई ज्ञापनपत्र बुझाइएको थियो ।  सरकारलाई ज्ञापनपत्र बुझाएलगत्तै माओवादीले सडक प्रदर्शन गर्न लागेको हो । ‘सरकार नांगो रूपमा नै दलाल पुँजीपति र दलालको पक्षमा खुलमखुला लाग्यो,’ सापकोटाले भने, ‘विद्युत् प्राधिकरणले बक्यौता उठाउन खोज्दा रोक्ने, मीनबहादुर गुरुङसँग जग्गा र भवन लिनेसम्म आउँदा सरकारको सुशासन छरपस्ट भएको छ ।’ गुरुङ भ्रष्टाचारमा दोषी ठहर भएका व्यक्ति भएकाले उनबाट पार्टी कार्यालय नै जग्गासहित दान लिनुले सरकारको नेतृत्वको प्राथमिकता थाहा लागेको उनकाे भनाइ छ ।

प्रतिनिधिसभाका दुई ठुला दल मिलेपछि प्रतिपक्षीमा हुत्तिएको माओवादीले ओली सरकार असफल भएको निष्कर्ष निकालेको छ । यहि निष्कर्षसहित कात्तिक १० गते खबरदारी सभा गर्न लागेको हो । उपाध्यक्ष सापकोटाका अनुसार काडमाडौंको भृकुटीमण्डपमा हुने जनप्रदर्शनमा सरकारको जनविरोधी क्रियाकलापको भण्डाफोर हुनेछ ।