१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ कार्तिक ३ शनिबार
  • Tuesday, 06 May, 2025
सौरभ यादव राजविराज
२o८१ कार्तिक ३ शनिबार १५:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वडाध्यक्षहरूले राहत वितरणमा मनोमानी गरेको भन्दै सिडिओलाई ज्ञापनपत्र 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ कार्तिक ३ शनिबार १५:४१:oo

हालै आएको बाढीले क्षति पुर्‍याएको सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थानीय बासिन्दाहरूसँग राहत वितरणमा भेदभाव भएको आरोप लागेको छ। शुक्रबार हनुमाननगर कंकालिनीका विभिन्न वडाबाट आएको एक टोलीले सप्तरीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै वडाध्यक्षहरूले  पीडितलाई राहत नदिएर आफ्नो आसेपासेलाई राहत दिएको गुनासो गरे।

स्थानीय अशोक यादवले वास्तविक पीडितलाई राहत नदिएर वडाध्यक्षहरूले आफ्नो नातागोताको नाम सिफारिस गरेको आरोप लगाए। विश्व खाद्य कार्यक्रमअन्तर्गत १५ हजारको दरले वितरण गरिएको राहत एकै घरका चारजनालाई दिए पनि वास्तविक पीडित भने वञ्चित रहेको उनले बताए। पालिका प्रमुख वीरेन्द्र माझीले राहत वितरणमा आफूसँग कुनै समन्वय नगरी राहत वितरण गरिएको बताए।

उनले आफूसमक्ष राहत वितरणमा विवाद भएको सूचना आएपछि रोक लगाउन जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको जानकारी दिए। त्यसपछि पनि आफूलाई जानकारीबिनै राहत वितरण गरिएको बताए। कार्यक्रम सञ्चालन गरेका सेवक नेपाल संस्थाका प्रतिनिधि मुरारी शुक्लाले भने पालिकामा गठन गरेको समितिले दिएको नामकै आधारमा राहत वितरण गरेको बताए।

बुधबार स्थानीयहरूले दिनभर हनुमाननगरमा प्रर्दशन गरेसँगै चारवटा वडा कार्यालयमा तालाबन्दी गरेका थिए।