१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ बैशाख २३ मंगलबार
  • Tuesday, 06 May, 2025
२o८२ बैशाख २३ मंगलबार १o:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एसिया प्यासिफिक क्षेत्रका उड्डयन विशेषज्ञहरू पोखरामा   

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ बैशाख २३ मंगलबार १o:३o:oo

वन्यजन्तुजन्य जोखिमको अवस्था, त्यसको न्यूनीकरण एवं समाधान र उड्डयन क्षेत्रलाई सुरक्षित बनाउने उपायको खोजी गर्न एसिया प्यासिफिक क्षेत्रका हवाई तथा नागरिक उड्डयन विशेषज्ञहरू पोखरामा भेला भएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरणअन्तर्गतको हवाई उड्डयनमा वन्यजन्तुजन्य जोखिम व्यवस्थापन समूहको सातौँ कार्यशालासहितको बैठकमा सहभागी हुन उनीहरू पोखरामा भेला भएका हुन् ।

नेपालका ४० र अन्य २२ देशका ६६ जना हवाई तथा नागरिक उडडयन विशेषज्ञ एवं सरकारी अधिकारीहरूको सहभागिता रहेको कार्यशालासहितको बैठक २६ वैशाखसम्म चल्नेछ । बैठकमा एसिया प्यासिफिकमा हवाई उड्डयनको क्षेत्रले भोगिरहेको वन्यजन्तुजन्य जोखिमको अवस्था, त्यसको न्यूनीकरण एवं समाधानसँगै उड्डयन क्षेत्रलाई कसरी सुरक्षित बनाउने, यस क्षेत्रको विद्यमान जोखिमको समाधानका उपायको खोजीमा केन्द्रित रहनेछ ।

बैठकको उद्घाटन गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले प्रविधिमैत्री, सुविधायुक्त र सुरक्षित पूर्वाधार निर्माण गर्ने कार्यमा सरकार लागेको जानकारी दिए । हवाई यात्रालाई सुरक्षित बनाउन विद्यमान जोखिमको न्यूनीकरणमा सरकार लागेको उनको भनाइ थियो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले हवाई सेवालाई सुरक्षित बनाउन स्थानीय तहको सक्रियता र नेतृत्व उत्तिकै आवश्यक रहेको बताए । राम्रो नीति, बलियो स्थानीय नेतृत्व र क्षेत्रीय सहकार्यबाट मात्रै आकाशलाई सुरक्षित बनाउन सकिने भनाइ आचार्यको थियो । पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई एसिया प्यासिफिक क्षेत्रका देशहरूमा जोड्न सकिने सम्भावनाको खोजी गर्न सहभागीलाई मेयर आचार्यले आग्रहसमेत गरेका थिए । 

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले हवाई क्षेत्रलाई सुरक्षित बनाउन सबैको सहकार्य आवश्यक रहेको बताए । 

आइकाओ एसिया प्यासिफिकका क्षेत्रीय उपनिर्देशक मञ्जित सिंहले हवाई सेवालाई सबैको पहुँचमा पु¥याउँदै यसका विद्यमान जोखिमको समाधानमा ध्यानकेन्द्रित गर्नु अहिलेको आवश्यकता रहेको बताए ।