१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १२:१४:oo
Read Time : > 1 मिनेट
प्रवास डिजिटल संस्करण

न्युयोर्कको नेपाली मिडिया खसोखासलाई एक लाख डलरको पुरस्कार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १२:१४:oo

अमेरिकाको न्युयोर्कबाट नेपाली समुदायका लागि सञ्चालित सामुदायिक सञ्चारमाध्यम खसोखासलाई स्थानीय पत्रकारितामा रिक्तता भरेको ठहर गर्दै एक लाख डलरको प्रेस फरवार्ड पुरस्कार प्रदान गरिएको छ।

स्थानीय नेपाली पत्रकारितालाई अझ सुदृढ गर्नका लागि एक लाख डलर राशिसहित खसोखासलाई राष्ट्रिय सम्मान प्रदान गरिएको हो। स्थानीय समाचारलाई पुनः कल्पना गर्ने राष्ट्रिय पहल प्रेस फरवार्डबाट खसोखासले पहिलो चरणमा नै प्रतिष्ठित अनुदान पुरस्कार प्राप्त गरेको हो। प्रेस फरवार्डले मूलधारका सञ्चारमाध्यमहरूमा परम्परागत रूपमा वञ्चित रहेका समुदायहरूमा समाचार कभरेजका खाडलहरू बन्द गर्ने लक्ष्य राखेको छ।

‘प्रेस फरवार्डबाट यो अनुदान पुरस्कार प्राप्त गर्न पाउँदा हामी अविश्वसनीय रूपमा गर्वको अनुभव गरिरहेका छौँ। यो निःसर्त प्रदान गरिएको एक लाख डलर हाम्रा लागि आर्थिक सहयोग मात्र होइन, यो हामीले विगत १३  वर्षहरूमा महत्त्वपूर्ण कभरेज अन्तरलाई सम्बोधन गर्नका लागि गरेको समर्पण र प्रयासको प्रमाण हो,’ खसोखासका प्रधान सम्पादक तथा प्रकाशक किशोर पन्थीले भने। 

अमेरिकामा पहिलो नेपाली साप्ताहिक पत्रिकाका रूपमा सन् २०१२ मा सुरु भएको खसोखास अध्यागमन र नेपाली समुदायका कथाहरूदेखि न्युयोर्कको क्विन्स र बाहिरका स्थानीय समाचारसम्म नेपाली समुदायलाई प्रभाव पार्ने मुद्दाहरू कभर गर्न अग्रपंक्तिमा रहेको छ। सन् २०२० मा कोरोना महामारीपछि सम्पूर्ण रूपमा डिजिटल बनेको खसोखासले नेपाली समुदायलाई महत्त्वपूर्ण जानकारीसँग जोड्ने स्रोत र खोजमूलक सामग्रीहरू प्रकाशित गर्दै आएको छ। 

प्रेस फरवार्ड अमेरिकामा स्थानीय समाचार र सूचनालाई पुनरुत्थान गरेर  लोकतन्त्रलाई सुदृढ गर्ने मायामी फाउन्डेसनबाट सञ्चालित राष्ट्रिय अभियान हो। यो स्थानीय समाचार कक्षहरू सुदृढ गर्न, पत्रकारिता कभरेजमा लामो समयदेखि रहेको खाडल बन्द गर्न, स्थानीय समाचारमा पहुँच विस्तार गर्ने सार्वजनिक नीतिलाई अगाडि बढाउन र स्थानीय पत्रकारितामा फस्टाउन आवश्यक पूर्वाधारको मापन गर्न चार सय मिलियन डलरभन्दा बढी लगानी गर्ने राष्ट्रिय गठबन्धन हो, जसमा नाइट फाउन्डेसन, लुमिना फाउन्डेसन, फोर्ड फाउन्डेसन, डेमोक्रेसी फन्डजस्ता अमेरिकाका ६० भन्दा बढी प्रतिष्ठित र चर्चित दातृसंस्थाहरू समावेश छन्।