१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
एजेन्सी नयाँदिल्ली
Invalid date format १९:५५:oo
Read Time : > 1 मिनेट
विश्व डिजिटल संस्करण

वायु प्रदूषण नियन्त्रणका लागि दीपावलीमा नयाँदिल्लीमा आतिसबाजी पूर्ण प्रतिबन्ध  

Read Time : > 1 मिनेट
एजेन्सी, नयाँदिल्ली
नयाँ पत्रिका
Invalid date format १९:५५:oo

वायु प्रदूषण नियन्त्रणका लागि भारतको संघीय राजधानी नयाँदिल्लीमा आतिसबाजीमा पूर्ण प्रतिबन्ध लगाउने जानकारी सोमबार त्यहाँको प्रशासनले गराएको छ। यो प्रतिबन्ध दीपावलीका समय भारतीयहरूका लागि अत्यधिक लोकप्रिय रहेको पटाकाको प्रयोगमा यसअघि लगाइएका प्रतिबन्धहरूको शृंखलामध्ये कडा आदेश हो। भारतीय प्रशासनले सुरक्षा र प्रदूषणलाई ध्यानमा राख्दै यसअघि पनि आतिसबाजीको प्रयोगमा रोक लगाउने प्रयास गरेको भए पनि व्यापक रूपमा उल्लंघन हुने गरेको छ। 

दिल्ली प्रदूषण नियन्त्रण समितिले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सबै प्रकारका पटाका पड्काउन, उत्पादन, भण्डारण र बिक्री गर्न पूर्ण प्रतिबन्ध लगाइनेछ।’

यो निर्देशन ‘उच्च वायु प्रदूषण नियन्त्रण गर्न सार्वजनिक हित’ लाई ध्यानमा राख्दै गरिएको समितिले जनाएको छ। यो निर्णय झिलीमिली बत्ती बाल्दै पटाका पड्काएर भारत वर्षमा मनाउने हिन्दुहरूको अतिलोकप्रिय चाडमध्ये एक दीपावलीको दुई हप्ताअघि आएको हो।

धेरैले आतिसबाजीलाई उत्सवको अभिन्न अंगको रूपमा लिन्छन्। यो पर्व अन्धकारमाथि प्रकाशको विजयको प्रतीक हो र हिन्दु देवी लक्ष्मीको आराधना गरिने उत्सव हो। करिब तीन करोड जनसंख्या रहेको महानगरमा यसअघि लगाइएको प्रतिबन्धलाई नियमित रूपमा बेवास्ता गरिएको थियो।

हिन्दु धर्मावलम्बीको पटाकासँग जोडिएको धार्मिक भावनालाई ध्यानमा राख्दै प्रहरीले नियम उल्लंघनन गर्नेलाई कारबाही गर्न आनाकानी गर्ने गरेको छ। नयाँदिल्लीमा हरेक शरद ऋतुमा धुवाँ र धुलोका कारण बढी प्रदूषित हुने गरेको छ। 

नयाँदिल्लीले सहरमा प्रदूषण बढ्नुको कारण मुख्यतया छिमेकी क्षेत्रका किसानहरूले छापो पोल्नु (पराली जलाउनु) पनि भएको बताउने गरेको छ । दीपावली (दिवाली) को आसपास आतिसबाजीमा वृद्धिले प्रदूषणको समस्यालाई जटिल बनाउँछ। फोक्सोको माध्यमबाट रक्तप्रवाहमा प्रवेश गर्ने पिएम २.५ प्रदूषकको रूपमा चिनिने क्यान्सर पैदा गर्ने सूक्ष्म कणहरूको स्तर नयाँदिल्लीमा विश्व स्वास्थ्य संगठनको खतराको सीमाभन्दा ३० गुणा बढीसम्म हुने गर्छ। 

सन् २०२० मा ल्यान्सेटको एक रिपोर्टअनुसार वायु प्रदूषणका कारण सन् २०१९ मा दिल्लीमा करिब १७ हजार ५०० जनाको मृत्यु भएको थियो। रासस/एएफपी