Skip This
संस्कृति रहेन भने देश रहँदैनः उपसभामुख राना 
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असोज १७ बिहीबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ असोज १७ बिहीबार १९:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संस्कृति रहेन भने देश रहँदैनः उपसभामुख राना 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असोज १७ बिहीबार १९:o१:oo

उपसभामुख इन्दिरा रानाले देशको अस्तित्वसँग भाषा र संस्कृति जोडिएको बताएकी छिन्। नागरिक समाजको १८औँ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कार्यक्रममा उपसभामुख रानाले संस्कृति नरहे देश नै नरहने धारणा राख्दै संस्कृति संरक्षणमा जोड दिइन्।

‘कुनै पनि देशको अस्तित्व भाषा र संस्कृतिसँग जोडिएको हुन्छ,’ उनले भनिन्, ‘भाषा संस्कृति नै संरक्षण भएन भने देशको अस्तित्व नै रहँदैन, सबैले संस्कृति संरक्षणका लागि आफ्नो ठाउँबाट प्रयास गर्नुपर्छ।’ 

उनले स्वदेशमा मात्रै नभई विश्वका धेरै मुलुकमा रहेका नेपालीले पनि आफ्नो भाषा र संस्कृतिको संरक्षणका लागि सामूहिक प्रयास गरिरहेको भन्दै यसलाई कायम राख्न आग्रह गरिन्। 

देश र भाषा संस्कृतिको प्रवर्द्धन गर्न प्रिस्कुलबाट नै आमा, देश र देशप्रतिको दायित्वबारेमा बुझाउने प्रयास गर्नुपर्ने उनको भनाइ थियो। ‘विद्यालयबाट नै देश र भाषा तथा संस्कृतिबारे बुझाउन सक्दा सधैँ राष्ट्रियताप्रति गहिरो माया र दायित्व पैदा हुन सक्छ,’ उनले भनिन्।

उपसभामुख रानाले नेपाली सधैँ शान्तिको पक्षमा रहेको भन्दै नागरिक समाज र सबै पक्षले शान्तिको महत्व बुझाउन भूमिका खेल्नुपर्ने पनि बताइन्। हिंसाको विरोध र शान्तिको पक्षमा हामीले विश्वव्यापी रूपमा दिँदै आएको सन्देशलाई कायम राख्नुपर्ने भन्दै उनले शान्तिप्रिय भएकै कारण नेपालले शान्ति स्थापना गर्न शान्ति सेना पठाउने गरेको चर्चा गरिन्।

कार्यक्रममा नागरिक जीवनका विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान पुर्‍याउने व्यक्तित्वलाई सम्मान गरिएको थियो।