प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको संसदीय सुनुवाइ जारी छ। सिंहदबारस्थित समितिको कार्यालयमा प्रस्तावित प्रधानन्यायाधीशमा राउतको सुनुवाइ जारी छ ।
संवैधानिक परिषद्को गत भदौ ३१ गत बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदै छ ।
न्यायपरिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको थियो । प्रधानन्यायाधीश राउतलाई संघीय संसद्को संसदीय सुनुवाइ समितिमा सुनुवाइ भएर अनुमोदन गरेपछि राष्ट्रपति नियुक्ति गर्ने संवैधानिक व्यवस्था रहेको छ ।