१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o५:५४:oo
Read Time : > 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

पूर्वी र मध्य नेपालमा आज र भोलि वर्षा

निरन्तर झरी नभई घामपानी मौसम रहने  प्रक्षेपण, आजभन्दा भोलि धेरै ठाउँमा वर्षा

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o५:५४:oo

मंगलबार पूर्वी नेपालबाट प्रवेश गरेको मौसमी प्रणालीले बिहीबारसम्म मध्य र पूर्वी नेपालमा वर्षा गराउने आकलन गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार भारतको उत्तर–पूर्व आसाम र आसपास क्षेत्रमा बनेको न्यूनचापीय प्रणाली उत्तर–पश्चिम (नेपाल)तिर सरिरहेकाले वर्षाको आकलन गरिएको हो । 

गोविन्द झा, मौसमविद्
अघिल्लो साताजस्तो ठुलो पानी वा लगातार झरी पर्ने होइन । पानी पर्ने, घाम लाग्ने हुन्छ । तर, कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा ठुलो वर्षा पनि हुन सक्छ, बागमतीको हकमा धादिङआसपास हुन सक्छ । शुक्रबारबाट यो प्रणाली पनि कमजोर हुने देखिन्छ ।

यसपटकको न्यूनचापीय प्रणाली पनि अघिल्लोपटक प्रभावित क्षेत्र (पूर्व र मध्य) नेपालमा केन्द्रित हुने र यसले पश्चिममा गण्डकीका केही क्षेत्रमा हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

यो प्रणालीको असर  बुधबार दिउँसोदेखि बिहीबार रातिसम्म रहने झाले बताए ।  

‘अघिल्लो साताजस्तो ठुलो पानी वा लगातार झरी पर्ने होइन । पानी पर्ने, घाम लाग्ने हुन्छ । तर, कोशी र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा ठुलो वर्षा पनि हुन सक्छ, बागमतीको हकमा धादिङआसपास हुन सक्छ,’ मौसमविद् झाले भने, ‘शुक्रबारबाट यो प्रणाली पनि कमजोर हुने देखिन्छ ।’

महाशाखाका अनुसार बुधबार दिउँसो कोशीदेखि गण्डकीसम्म बादल लाग्ने देखिन्छ भने त्यहाँदेखि पश्चिमी क्षेत्रमा धेरैजसो ठाउँमा मौसम सफा रहनेछ ।

कोशी र बागमतीका ३० देखि ५० प्रतिशत भूभागमा भने वर्षाको सम्भावना छ । गण्डकीका थोरै स्थानमा वर्षा हुने देखिन्छ । बुधबार राति मधेशका पनि थोरै स्थानमा वर्षा हुन सक्ने प्रक्षेपण छ ।

बिहीबार भने बुधबारभन्दा धेरै ठाउँमा पानी पर्ने आकलन गरिएको छ । कोशी र बागमतीका ३० देखि ५० प्रतिशत भूभाग तथा मधेश र गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा हुन सक्छ । बिहीबार राति कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना छ ।