१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:५६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

माओवादी आउने चुनावमा चार/पाँच लाखमा झर्छ : प्रधानमन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:५६:oo

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेकपा माओवादी केन्द्र चार/पाँच लाखमा झर्ने दाबी गरेका छन्। शनिबार नेकपा (एमाले) केन्द्रीय कार्यालयको आयोजना र जनसंगठन समन्वय संयन्त्रको व्यवस्थापनमा भएको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण’ विषयको राष्ट्रिय कार्यशालाको काठमाडाैंमा उद्घाटन गर्दै उनले आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन आग्रह गरे। 

प्रधानमन्त्री ओलीले गणतान्त्रिक शासन व्यवस्था, समृद्धि, शान्ति र सुशासनको मार्गमा मुलुक अग्रसर भइरहेका वेला यसलाई असफल पार्ने दुष्प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुन पार्टीका सबै तहका नेता तथा कार्यकर्तासँग आग्रह गरे। 

परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा केही तत्त्व लागेको भन्दै उनले भने, ‘अहिले परिस्थिति जटिल छ। हामीविरुद्ध घेराबन्दी छ। परिवर्तनका विरोधी शक्ति संविधानविरुद्ध खुलेआम लागेका छन्। सामन्ती, निरंकुश र अधियानकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरू उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन।’ प्रधानमन्त्रीले भने, ‘जानी-नजानी एक खालका मानिसबाट नकारात्मक माहौल खडा गर्ने कोसिस भइरहेको छ। सत्यतथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्रको सहारा लिएका छन्। उनीहरूलाई काम र मेहनत गर्नुपर्दैन। भएको राम्रो कामको उल्टो प्रचार गरे पुग्छ।’