१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौैं
Invalid date format १२:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पुतलीसडकमा पाइलट पेनको आउटलेट उद्घाटन, ८८ हजार रुपैयाँसम्मका पेन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौैं
नयाँ पत्रिका
Invalid date format १२:४९:oo

विश्वको लोकप्रिय पेन कम्पनी पाइलट पेनले काठमाडौंको पुतलीसडकमा आफ्नो आउटलेट खोलेको छ। जापानबाट आएका पाइलट पेन कर्पोरेसनका उच्च अधिकारीले आउटलेटको उद्घाटन गरेका हुन्। 

आउटलेटमा सामान्यदेखि ८८ हजार रुपैयाँसम्मका पेन बिक्रीमा छन्। उपहारका लागि महँगा पेनहरू माग हुने पाइलट पेनको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी फेयर ट्रेडकी सञ्चालक मिन अग्रवालले बताइन्। 

पाइलट पेनले ललितपुर, पोखरालगायतका सहरमा पनि आउटलेट खोल्ने तयारी गरेको छ। आउटलेट उद्घाटनका लागि नेपाल आएका पाइलट पेन कर्पोरेसनका सहायक प्रबन्धक रुहेई इटोले उच्च गुणस्तरकै कारण पाइलट पेन विश्वभरि लोकप्रिय रहेको बताए।