१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २८ शुक्रबार
  • Sunday, 13 October, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ २८ शुक्रबार o७:३o:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मोरङ कञ्चनबारीमा एनआइएमबिको नयाँ शाखा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ २८ शुक्रबार o७:३o:oo

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआइएमबि)ले मोरङ, कञ्चनबारीमा नयाँ शाखा विस्तार गरेको छ । बैंकले विराटनगर महानगरपालिका– ४, कञ्चनबारीमा नयाँ शाखा सञ्चालनमा ल्याएकोे हो । शाखाको उद्घाटन बैंकका कोशी प्रदेश प्रमुख यशपालकुमार तिब्रेवालले गरे । 

नयाँ शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा सुरु भएको छ । उद्घाटन कार्यक्रममा प्रदेश प्रमुख तिब्रेवालले नयाँ शाखाबाट ग्राहकलाई उत्कृष्ट बैंकिङ सेवा तथा सुविधा दिने बताए । यो शाखासहित बैंकको शाखा संख्या दुई सय ७३ पुगेको बताइएको छ ।