१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ २६ बुधबार
  • Monday, 12 May, 2025
२o८१ भदौ २६ बुधबार २o:३५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

इजरायली सेनाको हेलिकोप्टर गाजामा दुर्घटना हुँदा दुई सैनिकको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ भदौ २६ बुधबार २o:३५:oo

दक्षिणी गाजापट्टीको रफाह क्षेत्रमा रातभरको मिसनका क्रममा सैनिक हेलिकोप्टर दुर्घटना हुँदा दुई इजरायली सैनिकको मृत्यु भएको इजरायली सेनाले बुधबार जनाएको छ।

इजरायली वायुसेनाको ब्ल्याक हक हेलिकोप्टर एक घाइते सैनिकलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा दुर्घटनाग्रस्त भएको थियो। अन्य सात सैनिक घाइते भएका र तिनीहरूलाई चिकित्सा हेरचाहको लागि बाहिर लगिएको सेनाको विज्ञप्तिमा उल्लेख छ।

‘प्रारम्भिक अनुसन्धानले शत्रुको कारबाहीका कारण दुर्घटना नभएको देखाएको छ,’ विज्ञप्तिमा भनिएको छ। घटनाको कारणबारे वायुसेना कमान्डर टोमर बारद्वारा नियुक्त समितिले थप अनुसन्धान गरिरहेको छ। (रासस/सिन्ह्वा)