१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ १८ मंगलबार
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ १८ मंगलबार १७:४o:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

दीपक रौनियारको ‘पूजा, सर’ बुसान फिल्म फेस्टिभलमा छनोट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ १८ मंगलबार १७:४o:oo

दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ दक्षिण कोरियाको प्रसिद्ध बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ। फेस्टिभलले मंगलबार सार्वजनिक गरेको सूचीअनुसार यो फिल्म ‘विन्डो अन एसियन सिनेमा’अन्तर्गत छनोट भएको हो।

भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलको ८१औँ संस्करणमा पहिलो प्रमियर भएको ‘पूजा, सर’ बुसानमा एसियन प्रिमियर भनेको हो। फिल्ममा महिला प्रहरी इन्स्पेक्टरको कथा समेटिएको छ।

‘पूजा, सर’मा हाइवे, सेतो सूर्य, कागबेनी, कर्माजस्ता फिल्ममा अभिनय गरेकी कलाकार आशा मंग्रातीको मुख्य भूमिका छ। उनले सबिन लेह्म्यान निर्देशित ‘ह्वाइट टाइगर’, मिलारेप्पा, बिएस राणाको ‘वसन्ती’लगायत थुप्रै नाटकहरूमा अभिनय गरिसकेकी छिन्।

फिल्ममा दयाहाङ राई, निकिता चाण्डक, ऋचा शर्मा, आरती मण्डल, गौमाया गुरुङ, विजय बराल, निरज श्रेष्ठ, पशुपति राईलगायतको पनि अभिनय छ।