
केटिएम गु्रप होल्डिंग्सअन्तर्गतको केटिएम हस्पिटालिटीले आइपिओ निष्कासन गर्ने भएको छ । कम्पनीको आइपिओ निष्कासक तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ नियुक्त भएको छ ।
यससम्बन्धी सम्झौतामा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र केटिएम हस्पिटालिटीका अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह एवं आरबिबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार कम्पनीले १२ करोड ५० लाख रुपैयाँबराबरको प्रतिकित्ता एक सय रुपैयाँका अंकित दरका १२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्नेछ । केटिएम हस्पिटालिटी फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटेल्स समूहअन्तर्गतको लक्जरी पाँचतारे रिसोर्ट द रोयल ट्युलिप चितवनमा सुरुवात गर्ने तयारीमा रहेको छ । त्यस्तै, आरबिबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्वमा सञ्चालित संस्था हो ।