१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार नयाँ पत्रिकाकर्मी कृष्ण रिजाललाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३o:oo

यस वर्षको डा. हरिहरदेव पन्त आर्थिक पत्रकारिता पुरस्कार नयाँ पत्रिका दैनिकका आर्थिक ब्युरो प्रमुख कृष्ण रिजाललाई प्रदान गरिने भएको छ।

लघुवित्तका पिता भनेर सुपरिचित स्वर्गीय डा. हरिहरदेव पन्तको स्मृतिमा स्थापना भएको एक लाख रुपैयाँ राशिको आर्थिक पत्रकारिता पुरस्कार यस वर्ष रिजाललार्ई  प्रदान गर्ने निर्णय भएको हो।

पुरस्कार निर्णायक समितिले डा. हरिहरदेव पन्त फाउन्डेशनद्वारा स्थापित उक्त पुरस्कार डा. पन्तको नवौँ वार्षिक पुण्य स्मृति दिवस पारेर ०८१ भदौ २१ गते शुक्रबार प्रदान गर्नेछ। देशमा आर्थिक विकास तथा गरिबी न्यूनीकरण गर्नका लागि समर्पित लघुवित्तका प्रथम प्रवर्द्धक डा. पन्तको स्मृतिमा उक्त पुरस्कार स्थापना गरिएको हो।

डा. हरिहरदेव पन्त फाउन्डेसनले प्रत्येक वर्ष एकजना उत्कृष्ट आर्थिक पत्रकारलाई पुरस्कार प्रदान गर्दै आएको छ।

देशको सर्वांगीण तथा आर्थिक क्षेत्रको विकासका लागि राज्यको चौथो अंग पत्रकारिता जगतले विभिन्न पत्रपत्रिका, रेडियो, टेलिभिजन, अनलाइन सञ्चारमध्यम तथा लेखनमार्फत आम जनस्तरलाई सुसूचित गराउन खेलेको महत्त्वपूर्ण योगदानको कदर गर्दै फाउन्डेसनले यो पुरस्कार प्रदान गर्दै आएको छ।

यस वर्ष पुरस्कारका लागि छनोट भएका रिजाल विगत एक दशकभन्दा लामो समयदेखि आर्थिक क्षेत्रमा कलम चलाउँदै आएका छन्।