१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ६ बिहीबार
  • Thursday, 03 July, 2025
रासस काठमाडौं
२o८१ भदौ ६ बिहीबार १७:१६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिआरसी विधेयक पीडितमैत्री छ : सांसद गौतम

Read Time : < 1 मिनेट
रासस, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ६ बिहीबार १७:१६:oo

राष्ट्रिय सभाका सांसद वामदेव गौतमले संक्रमणकालीन न्यायसँग सम्बन्धित टिआरसी विधेयकले पीडितलाई न्याय प्राप्तिमा प्रशस्तै बाटो राखेको बताएका छन्।

राष्ट्रिय सभाको आज बिहीबारको बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफलका क्रममा उनले पीडितकेन्द्रित संक्रमणकालीन न्याय संरचनाको गठन हुनुपर्नेमा जोड दिए।

कानुन पारित गरेर मात्रै शान्ति प्रक्रिया पूरा नहुनेमा जोड दिँदै गौतमले संक्रमणकालीन न्यायनिरूपण गर्ने आयोग बन्न नसक्नु विडम्बना भएको बताए। ‘कानुन बनेपछि यो प्रक्रियालाई विश्वसनीय बनाउन सरोकारवालाको सहकार्य सुनिश्चित गर्नेतर्फ विशेष ध्यान दिनुपर्छ,’ उनले भने।