१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ भदौ ६ बिहीबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ भदौ ६ बिहीबार १६:५८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

टिआरसी विधेयक राष्ट्रिय सभाबाट पनि पारित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ भदौ ६ बिहीबार १६:५८:oo

बेपत्ता पारिएका व्यक्तिको छानबिन सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ राष्ट्रिय सभाबाट पनि पारित भएको छ।

साउन ३० गते बुधबार प्रतिनिधिसभाबाट पारित टिआरसी विधेयक आज बिहीबार बसेको राष्ट्रिय सभाको बैठकले सर्वसम्मत पारित गरेको हो।

प्रतिनिधिसभाबाट सन्देशसहित राष्ट्रिय सभामा आएको उक्त विधेयक कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेका थिए।