१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

श्रम अदालतमा लक्ष्यभन्दा धेरै मुद्दा फर्स्याेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५६:oo

श्रम अदालतले पछिल्लो एक वर्षमा ३९० वटा मुद्दाको फैसला गरेको छ। ०८०/८१ मा ३२२ मुद्दा फर्स्याेटको लक्ष्य लिएको अदालतले ३९० वटा फैसला गरेको हो।

यस्तै आर्थिक वर्ष ०७९/८० मा अदालतले २७६ वटा मुद्दा फर्स्याेटको लक्ष्य राखिएकोमा ३५३ वटा मुद्दा फर्स्याेट भएको थियो। यस्तै, आर्थिक वर्ष ०७८/७९ मा ९३ वटा मुद्दा फर्स्याेटको लक्ष्य राखिएकोमा १७३ वटा मुद्दा फर्स्याेट भएको थियो। आर्थिक वर्ष ०८१/८२ को साउनमा १७ वटा मुद्दा फैसलाको लक्ष्य राखिए पनि १२ वटा फैसला भएका छन्।

अदालतले चालू आवमा ४२२ वटा मुद्दा फैसला गर्ने लक्ष्य राखेको छ। श्रमिकका मुद्दा हेर्ने यस अदालतमा चैत ०७८ देखि उच्च अदालतका न्यायाधीश वासुदेव आचार्यलाई अध्यक्षका रूपमा तोकिएको थियो। यसअघि अनामनगरमा रहेको श्रम अदालत हाल भक्तपुर दरबार क्षेत्रमा सरेको छ।

पछिल्लो समय श्रमिकका मुद्दाहरू आउनेक्रम बढेकोले पनि अदालतले प्रभावकारी रूपमा काम गरिरहेको अदालतका सूचना अधिकारी रत्ना घिमिरेले बताइन्। उनका अनुसार आफ्नै भवनमा सरेपछि श्रम अदालत सेवा प्रवाहमा थप चुस्त देखिएको छ।

यसअघि अनामनगरस्थित भाडाको भवनबाट सञ्चालन भइरहेको अदालत गत ४ वैशाखदेखि श्रम भक्तपुर दरबारस्क्वायर क्षेत्रमा सरेको थियो। जिल्ला अदालतले नयाँ भवन बनाएर सरेपछि श्रम अदालतलाई जिल्ला अदालतको पुरानो भवनमा सारिएको थियो। कार्यकक्ष साँघुरो र अव्यवस्थित भएको भन्दै अदालतका अध्यक्ष न्यायाधीश वासुदेव आचार्यले सरोकारवालासँग ठाउँ माग गरेका थिए।