१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

‘टिआरसी विधेयक संक्रमणकालीन न्यायका आधारभूत मान्यतामा आधारित’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o३:oo

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभामा प्रस्तुत टिआरसी विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको बताएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथि आफ्ना धारणा राख्दै देउवाले विधेयकले द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था गरेको बताए।

‘संसदमा प्रस्तुत विधेयकले संक्रमणकालीन न्यायका सबै आधारभूत मान्यता बोकेको छ । सत्यको अनुशरण गर्ने, न्याय गर्ने, पीडितलाई परिपूरण गर्ने र द्वन्द्वको पुनरावृत्ति नहुने अवस्थालाई सुनिश्चित गर्ने व्यवस्था विधेयकले गरेको छ,’ उनले भनेर

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा भएको राष्ट्रिय सहमतिले संक्रमणकालीन न्यायको जटिल काम आफैँ सम्पन्न गर्न नेपाली राजनीतिक दलहरू सक्षम रहेको सिद्ध गरेको सभापति देउवाको भनाइ छ। नेपालले शान्तिप्रक्रियामा अवलम्बन गरेका नीति विश्वका लागि समेत उदाहरणीय र अनुकरणीय रहेको उनले दोहोर्‍याए।