१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
रासस म्याग्दी
Invalid date format १२:५५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भिरबाट बोलेरो खस्दा एकजना घाइते

Read Time : < 1 मिनेट
रासस, म्याग्दी
नयाँ पत्रिका
Invalid date format १२:५५:oo

म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ७ टिकोटमा रोकेर सामान राख्दै गरेकोे बोलेरो दुर्घटना हुँदा स्थानीय भीमबहादुर पुन सख्त घाइते भएका छन्। आज बिहान टिकोटबाट बेनीतर्फ आउन लागेको ग.१ज ७९४५ नम्बरको बोलेरोे भिरालो सडकबाट पछाडि गुडेपछि भिरबाट खसेको थियो। 

बोलेरोसँगै खसेका पुनलाई गाउँमै प्राथमिक उपचार गरेर थप उपचारका लागि बेनी पठाइएको स्थानीय शिक्षक प्रदीप पुनले बताए । टिकोट गाउँको खेलमैदाननजिक बोलेरोमा चालक केशव पुन र स्थानीय कुमार पुनले सामान राख्दै गरेको समयमा भिरालो सडकमा गाडी पछाडि गुडेपछि दुर्घटना भएको थियो । 

सामान राख्दै गरेका दुवैजना र बोलेरोभिर सवार स्थानीय वीरबहादुर गर्बुजाले हाम फालेर बाहिर निस्किन सफल भएका थिए । उनीहरूलाई सामान्य चोटपटक लागेको र गाउँमै उपचार गरिएको छ । सडकमा बोलेरो रोकेर टायरमा ढुंगाको ओट लगाएको भए पनि एक्कासि पछाडि बगेपछि दुर्घटना भएको चालक पुनले बताए ।