१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी प्रकरणमा बेचन झाविरुद्ध मुद्दा दायर, थप व्यक्तिको संलग्नता खुलेन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३९:oo

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च तहका बिचौलिया बेचन झामाथि अनुसन्धान पूरा गरी मुद्दा दायर भएको छ। प्रहरी प्रतिवेदनका अनुसार जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले जिल्ला अदालतमा मुद्दा दायर गरेको हो। उनीविरुद्ध ठगी, लिखत किर्ते, संगठित र राज्यविरुद्धको अपराध कसुरमा मुद्दा दायर गरिएको छ। 

गत १४ असारमा झालाई प्रहरीले पक्राउ गरेको थियो । उनीमाथि यसमा संलग्न थप उच्च तहका व्यक्तिहरूको संलग्नता खुल्ने बताइए पनि त्यसमा प्रहरी असफल भयो। झाले प्रहरीमा इन्कारी बयान दिएका छन्। तत्कालीन गृहसचिव टेकनारायण पाण्डेलाई नचिनेको तथा आफूले पैसा पनि नलिएको उनको दाबी छ। 

सचिव पाण्डेले राजनीतिक सम्पर्कमा आएका बेचनमार्फत यस प्रकरणको थप थाहा हुने बयान दिएका थिए । साथै रामशरण केसीले झालाई दुई करोड रुपैयाँको चेक दिएको बताएका थिए। झा पक्राउ परेकै कारण अघिल्लो सरकार ढलेको माओवादी र राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले दाबी गर्दै आएका छन्। 

प्रहरीले उनीविरुद्ध बलिया प्रमाण संकलन गर्न सकेको छैन। साथै, सम्पत्ति र नागरिकताको विषयमा समेत थप अनुसन्धान नगरी मुद्दा दायर भएको छ। साथै ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने भए पनि उनीविरुद्ध ४५ दिनमै मुद्दा दायर भएको छ।