मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले आठजना राज्यमन्त्रीलाई हटाएका छन् । २० सदस्यीय जम्बो मुख्यमन्त्री परिषद् बनाएको भन्दै आलोचना भएपछि मुख्यमन्त्री सिंहले आज सबै पार्टीबाट राज्यमन्त्री बनेकालाई हटाएका हुन् ।
कांग्रेसबाट राज्यमन्त्री रहेका रेखा ठाकुर र निलमकुमारी रजक, लोसपाबाट राज्यमन्त्री रामबाबु यादव, एमालेबाट राज्यमन्त्री रहेका मोहम्मद जैद आलम, केशव राय र शारदा देवी थापालाई हटाइएको छ ।
त्यसैगरी, मुख्यमन्त्री सिंहले आफ्नाे पार्टी जनमतबाट राज्यमन्त्री बनेकी रञ्जुकुमारी मण्डल खङ र शम्भु साहलाई हटाइएको छ ।
केन्द्रीय गठबन्धनको सहमतिअनुसार मुख्यमन्त्री सिंहले उनीहरूलाई हटाइएको मुख्यमन्त्री सिंहले बताए । जम्बो मुख्यमन्त्री भएको भन्दै जसपा नेपालनिकट युवा र विद्यार्थी संगठनले आन्दोलन गर्दै आएका थिए ।