मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ श्रावण २५ शुक्रबार
  • Friday, 28 August, 2026
सौरभ यादव राजविराज
२o८१ श्रावण २५ शुक्रबार १५:o४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मधेशका मुख्यमन्त्रीसँग आफ्नै पार्टी रुष्ट, सोध्यो स्पष्टीकरण

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
२o८१ श्रावण २५ शुक्रबार १५:o४:oo

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको कार्यशैलीप्रति उनकै पार्टी रुष्ट भएको छ। पार्टीसँग समन्वय नगरी अनावश्यक काम गरेको भन्दै मुख्यमन्त्रीलाई जनमत पार्टीले स्पष्टीकरण सोधेको हो।

मुख्यमन्त्री सिंहले जनताको हकहितका लागि मन्त्रालयहरूको काममा ध्यान दिनभन्दा अनावश्यक उद्घाटन समारोहहरूमा समय खर्चिने गरेको जनमत पार्टीको ठहर छ।

पार्टीसँग समन्वय नै नगरी पहिला मन्त्रालय बाँडफाँट गरेको र अहिले राज्यमन्त्री थपेको, पार्टीले परिणाम देखिने गरी जनताको हकहितका लागि मन्त्रालयहरूको काममा ध्यान दिनुभन्दा अनावश्यक उद्घाटन समारोहहरूमा समय खर्चिँदै आएको, पार्टीले दिएको निर्देशनहरू बेवास्ता गरेकोजस्ता आरोप लगाइएको छ।

यसैगरी, बजेट बनाउने क्रममा सांसदहरूलाई पाँच करोड दिने विवादास्पद अभिव्यक्ति दिई जनमत पार्टीको छविमा बारम्बार आँच पुर्‍याएकाले पार्टीले मुख्यमन्त्रीलाई स्पष्टीकरण सोधेको पार्टीका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए।