१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस मस्को
Invalid date format १६:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसद्वारा अन्तर्राष्ट्रिय ‘सिमलेस रेल’ योजना घोषणा

Read Time : < 1 मिनेट
रासस, मस्को
नयाँ पत्रिका
Invalid date format १६:२५:oo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आइतबार अन्तर्राष्ट्रिय यातायात करिडोरको विकास गर्ने योजना सार्वजनिक गरेका छन्।

‘हामीले बाल्टिक र बेरेन्ट्स समुद्रबाट फारसको खाडी र हिन्द महासागरको किनारसम्म सिमलेस रेल सञ्चार स्थापना गर्ने लक्ष्य राखेका छौँं,’ पुटिनले अगस्ट ४ अर्थात् रुसको रेलवे श्रमिक दिवसको अवसरमा एक भिडियो सम्बोधनमा भने।

नेता पुटिनले थपे, ‘यी वास्तवमै महान् कार्य हुन् र मलाई विश्वास छ कि तपाईंहरूको विशेषज्ञता, अनुभव र राष्ट्रको हितप्रतिको प्रतिबद्धताले हामी ती हासिल गर्नेछौँ।’

सो अवसरमा उनले मस्कोमा प्रमुख केन्द्रीय यातायात मार्गसँग एकीकृत हुने उच्च गतिको रेल्वे, अन्तर्राष्ट्रिय रसद करिडोर र अजोभबाट ब्ल्याक सीतर्फको यातायात मार्गको वृद्धिसहित प्रमुख परियोजनाहरूको रूपरेखा पनि प्रस्तुत गरेका थिए।

पुटिनले भने, ‘हामीले नवीनतम् आविष्कारहरूको प्रयोग गरेर उन्नत प्राविधिक उन्नयनको साथ रुसको रेल्वे पूर्वाधारको विस्तारलाई गति दिन आवश्यक छ। हाम्रो दृष्टिकोण वर्तमान आवश्यकताहरू मात्र पूरा गर्नमा केन्द्रित छैन। हामी भविष्यका मागहरूका लागि पनि तयार हुनुपर्छ जसले आगामी दशकहरूका लागि प्रगति सुनिश्चित गर्दछ।’

उनले रुसको पूर्वी रेल्वे प्रणाली, विशेष गरी बाइकल–अमुर, ट्रान्स–साइबेरियन रेल्वे र आर्कटिक बन्दरगाहहरूसँग जोड्ने यामालो–नेनेट्स स्वायत्त जिल्लामा ७०० किलोमिटर लामो उत्तरी अक्षांश क्षेत्रको रेल्वेको थप आधुनिकीकरणको महत्त्वमा जोड दिए।