मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ श्रावण १८ शुक्रबार
  • Wednesday, 02 September, 2026
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण १८ शुक्रबार १३:४१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एक राज्यमन्त्री लिएर नागरिक उन्मुक्ति सरकारमा सहभागी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १८ शुक्रबार १३:४१:oo

एक राज्यमन्त्री लिएर नागरिक उन्मुक्ति पार्टी सरकारमा सहभागी भएको छ । नागरिक उन्मुक्तिबाट अरुणकुमार चौधरी राज्यमन्त्री बनेका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई राज्यमन्त्री नियुक्त गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। चौधरीले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्रीको जिम्मेवारी पाएका छन्।

नागरिक उन्मुक्तिसँगै नेपाली कांग्रेसबाट दुई राज्यमन्त्री थपिएका छन्। रुपा विकले वन तथा वातावरण राज्यमन्त्री र पूर्णबहादुर तामाङले ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्रीकाे जिम्मेवारी पाएका हुन्।