मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 05 August, 2025
ओलम्पिकमा सहभागी टेबुलटेनिसका नेपाली खेलाडी स्यान्टु श्रेष्ठ प्रशिक्षण गर्दै । तस्बिर सौजन्य : लोकेन्द्र बस्नेत/राखेप
Invalid date format o९:२४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

३३औँ ग्रीष्मकालीन ओलम्पिक आजदेखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o९:२४:oo

३३औँ संस्करणको ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता शुक्रबारदेखि पेरिसमा सुरु हुँदै छ । ओलम्पिक इतिहासमै दोस्रोपटक उद्घाटन समारोह सिने नदीमा हुँदै छ । आयोजक सहर पेरिसले सिने नदीमा सयौँ बोटको व्यवस्था गरेको छ । त्यही बोटमा खेलाडीले मार्सपास्ट गर्नेछन् । ११ अगस्टसम्म चल्ने ओलम्पिकको समापन भने रंगशालामा हुनेछ । ३१ सेप्टेम्बर २०१७ मा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)को कंग्रेसले पेरिसलाई ३३औँ संस्करणको ओलम्पिक सहर घोषणा गरेको थियो । पेरिसले यो तेस्रोपटक आयोजना गर्न लागेको हो । सय वर्षपछि विश्व खेलकुदमा बृहत् प्रतियोगिता आयोजना गर्न लागेको पेरिसले १९०० र १९२४ मा पनि गरेको थियो । 

आइओसीमा आबद्ध २०६ राष्ट्रका खेलाडीले प्रतियोगितामा भाग लिँदै छन् । ३२ खेलमा १० हजार ७१४ खेलाडीले आ–आफ्नो चुनौती प्रस्तुत गर्नेछन् । पेरिस ओलम्पिकमा ३२९ इभेन्ट्स हुनेछ । ओलम्पिकका लागि पेरिसमा मात्रै १५ खेलस्थल तयार पारिएको छ । जहाँ ३२ मध्ये २१ खेल सञ्चालन गरिनेछ । नेपालबाट ६ खेलका लागि सात खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । 

९.६ अर्ब पाउन्ड बजेट
पेरिस ओलम्पिक आयोजना गर्न नौ अर्ब ६० करोड पाउन्ड बजेट छुट्याइएको छ । पछिल्लो केही संस्करणको तुलनामा यसपटकको ओलम्पिक कम बजेटमा हुन लागेको हो । पेरिसले ओलम्पिक आयोजनाको अधिकार पाउँदा ६ अर्ब ६० करोड पाउन्ड बजेट छुट्याइएको थियो । २०१२ मा लन्डन सहरले १४.५ अर्ब अमेरिकी डलर खर्चेको थियो । २०१६ को ब्राजिलको रियो डी जेनेरियाले ओलम्पिक आयोजना गर्दा १२ अर्ब अमेरिकी डलर खर्च ग¥यो । रियोले सात अर्ब ६० करोड डलर भौतिक पूर्वाधार र पर्यावरणको सुरक्षामा लगानी गरेको थियो । २०२० को टोकियो ओलम्पिकमा पनि १५.४ अर्ब डलर खर्च भएको थियो । 

यसरी प्राप्त गरेको थियो आयोजना
२०२४ को ओलम्पिक खेल आयोजना गर्न पेरिससँगै ह्याम्बर्ग, बोस्टोन, बुढापेस्ट, रोम र लस एन्जलसले दाबी गरेका थिए । यी सहरले २०१५ मा ओलम्पिक आयोजनाको प्रस्ताव अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीमा राखेका थिए । दुई वर्षको अवधिमा बोस्टन, ह्याम्बर्ग, रोम र बुढापेस्टले पनि हात झिके । त्यसपछि पेरिस र लस एन्जलसबीच अन्तिम प्रतिस्पर्धा भयो । ९ जुन २०१७ मा आइओसीको बैठकले २०२४ र २०२८ को ओलम्पिक खेलस्थल घोषणा गरेको थियो । बैठकले पेरिसलाई २०२४ को र लस एन्जलसलाई २०२८ को ओलम्पिक आयोजक सहरका रूपमा घोषणा गरेको हो । २०२८ मा लस एन्जलसको मात्र दाबी रह्यो । 

सुरक्षा व्यवस्था
ओलम्पिक आयोजना गर्नु आफैँमा चुनौती हो । आइओसीमा आबद्ध २०६ राष्ट्रका खेलाडी, अफिसियलसँगै दर्शकलाई आयोजक पेरिसले सुरक्षा व्यवस्था गर्नुपर्छ । पेरिसले ओलम्पिकभर युरोपुल र बेलायतको गृह मन्त्रालयसँग सहकार्य गर्दै सुरक्षा व्यवस्था मिलाएको छ । युरोपुलअन्तर्गत युरोपमा रहेका एक देशले आवश्यक परेका वेला अर्कोलाई सहयोग गर्ने हो । सुरक्षा संयन्त्रले जल, आकाश र स्थलको सबै सुरक्षा व्यवस्था हेर्नेछ । ओलम्पिक भइरहँदा फ्रान्सको सबै नाकामा अनधिकृत व्यक्ति प्रवेशमाथि प्रतिबन्ध लगाइएको छ । 

ब्रिटिस आर्मीले पेरिसमा आतंकवादीको गतिविधि रोक्न सहयोग गर्नेछ । पेरिसका प्रहरीले दैनिक चेकचाँज गर्नेछन् । स्टेडे फ्रान्स रंगशालामा समापन कार्यक्रम हुँदा यसको सबै सुरक्षा जिम्मेवारी ब्रिटिस आर्मीले लिएको एजेन्सीले जनाएको छ । यसै रंगशालामा २०२३ को रग्वी विश्वकप फाइनल भएको थियो । ओलम्पिकमा कतारका राजा शेख विन हामाद अल थानी पनि आउनेछन् ।