१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
समाचार डिजिटल संस्करण

सबै दलको सहमतिबाटै संविधान संशोधन हुन्छ : सभापति देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५३:oo

सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान प्रारम्भ भएको आठ वर्ष पूरा भएको भन्दै यसमा केही परिमार्जन गर्न आवश्यक रहेको बताएका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्।

संविधान संशोधन गर्दा समावेशितालाई थप सुदृढ पारिने बताउँदै देउवाले सबै राजनीतिक दलहरूबीचको संवाद र सहमतिबाटै संशोधन गरिनेसमेत प्रस्ट पारे।

‘संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ,’ उनले भने, ‘संविधान संशोधन गर्दा नेपालमा क्रियाशील राजनीतिक दलहरूबीच संवाद र सहमतिबाट गर्न उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौँ ।’

देश विकासका लागि स्थिर सरकार आवश्यक पर्ने उल्लेख गर्दै सभापति देउवाले भने, ‘देश विकासका लागि सबैभन्दा पहिलो कुरा स्थिर र मजबुत सरकार निर्माण गर्नु हो । आजको संसद्को संरचनालाई हेर्दा स्थिर सरकारका लागि संसद्को पहिलो र दोस्रो दल मिली सरकार गठन भएको छ।’