१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ६ आइतबार
  • Monday, 07 July, 2025
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्नुअघि मन्तव्य व्यक्त गर्दै प्रधानमन्त्री केपी ओली । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण ६ आइतबार १४:३३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीले सदनलाई सुनाए कांग्रेससँगको सातबुँदे सहमति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ६ आइतबार १४:३३:oo

प्रधानमन्त्री केपी ओलीले कांग्रेससँग सत्तासहकार्यका लागि भएको सातबुँदे सहमति प्रतिनिधिसभालाई जानकारी गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्नुअघि मन्तव्य व्यक्त गर्ने क्रममा प्रधानमन्त्रीले कांग्रेससँग भएको सहमति जानकारी गराएका हुन्।

उनले वाचन गरेअनुसार सातबुँदे सहमतिमा राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वका लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने, राष्ट्रिय सहमतिको सरकारको दुई वर्ष ओली र त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने, राष्ट्रिय हितको रक्षा गर्न र भ्रष्टाचारको अन्त्य गरी सुशासन दिन न्यूनतम साझा कार्यक्रम तय गरी सरकार सञ्चालन गर्ने, राष्ट्रिय सहमतिको सरकारका लागि दुई ठूला दलको नेतृत्वदायी भूमिकाको आधारमा सरकारमा समान भूमिका रहने र अन्य दललाई पनि सहभागी गराउने, राष्ट्रिय सहमतिको सरकार गठनको भावनाअनुरूप प्रदेश सरकार गठन र सञ्चालन गर्ने रहेका छन्।