मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ श्रावण ४ शुक्रबार
  • Tuesday, 01 September, 2026
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण ४ शुक्रबार ११:५१:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

तोलामा दुई हजारले घट्यो सुनको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ४ शुक्रबार ११:५१:oo

स्थानीय बजारमा सुनको मूल्य तोलामा रु. दुई हजारले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ४९ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज भने  एक लाख ४७ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

बिहीबार प्रतितोला  एक लाख ४८ हजार आठ सयमा कारोबार भएको तेजाबी सुनको मूल्य आजका लागि भने  एक लाख ४६ हजार आठ सय निर्धारण भएको छ ।

यस्तै, चाँदीको मूल्य तोलामा ३० रुपैयाँले  घटेको छ। बिहीबार प्रतितोला  एक हजार आठ सय ६० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज  एक हजार आठ सय ३० रुपैयाँ  निर्धारण गरिएको छ ।