१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 09 May, 2025
रासस वासिङ्टन डिसी
Invalid date format १६:२६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

एक्स प्रयोगकर्ता हालसम्मकै कीर्तिमानी संख्यामा पुगेको एलन मस्कको दाबी

प्रतिसेकेन्ड ४१७ विलियन प्रयोगकर्ता

Read Time : < 1 मिनेट
रासस, वासिङ्टन डिसी
नयाँ पत्रिका
Invalid date format १६:२६:oo

टेक अर्बपति तथा टेस्लाका सिइओ एलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्सको प्रयोगकर्ता हालसम्मकै कीर्तिमानी संख्यामा पुगेको दाबी गरेका छन्। एक्सले एकै दिन विश्वव्यापी रूपमा ४१७ अर्ब प्रयोगकर्ता प्रतिसेकेन्डको रेकर्ड बनाएको मस्कले बताएका छन्।

सामाजिक सञ्जाल एक्सको एक पोस्टमा मस्कले संयुक्त राज्य अमेरिकामा यो संख्या ९३ विलियन प्रयोगकर्ता प्रतिसेकेन्ड पुगेका उल्लेख गरेका छन्। यो अघिल्लो रेकर्ड ७६ विलियन प्रयोगकर्ता प्रतिसेकेन्डभन्दा २३ प्रतिशतले धेरै हो।

गत मार्चको एक्स तथ्यांकले २५० मिलियन प्रयोगकर्ताले हरेक दिन औसतमा ३० मिनेट एक्स प्रयोग गर्ने दाबी गरेको थियो। अक्टोबर २०२२ मा मस्कले ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा प्रभावशाली सामाजिक मिडिया प्लेटफर्म–ट्विटरको स्वामित्व लिएका थिए।

पछिल्लो समय मस्कले शीर्ष कार्यकारीलाई बर्खास्त गरी कम्पनीका आधा कर्मचारी हटाएर खाता पुनर्स्थापनाको समीक्षा गर्न सामग्री मोडरेसन काउन्सिल गठन गरी प्लेटफर्मको सदस्यता सेवालाई सुधार गरेका छन्।

टेस्ला र स्पेस–एक्सका सिइओ मस्कले जिम्मेवारी सम्हालेपछि कम्पनीमा धेरै परिवर्तन भएका छन्, जसमध्ये केही विवादास्पदसमेत भएका छन्। विवादास्पद निर्णयसँगै ट्विटरले विज्ञापन राजस्वको ठूलो मात्रा गुमाउन थालेपछि मस्कले ट्विटर ब्लुको रूपमा भुक्तान गरिएको प्रमाणीकरणहरू सुरु गरे। 

मस्कले जुलाई २०२३ मा ट्विटरसँग सम्बन्धित प्रसिद्ध निलो चरालाई प्रतिस्थापन गर्दै प्लेटफर्मलाई एक्सको रूपमा पुनः ब्रान्डिङ गरिरहेका छन्। प्लेटफर्ममा संलग्नता बढाउन मस्कले २०२४ मार्च २८ मा दुई हजार पाँच सयभन्दा बढी प्रमाणित फलोअर्स भएको एक्स खातालाई प्रिमियम सुविधामा निःशुल्क पहुँच प्रदान गर्ने घोषणा गरेका छन्।