१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १४:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बलान नदीको तटबन्धमा कटान सुरु 

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १४:३८:oo

सप्तरीको बलान–बिहुल गाउँपालिका– ४ बेल्हीमा रहेको बलान नदीको पूर्वी तटबन्धमा कटान सुरु भएको छ ‌। निरन्तरको वर्षाले बलान नदीमा पानीको सतह बढेपछि कटान सुरु भएको हो ।

दुई सय मिटरसम्मको लम्बाइमा कटान भएको पालिका अध्यक्ष खेमचन्द्र यादवले बताए। पालिका अध्यक्ष यादवका अनुसार बलान नदीको कटान लागेको स्थानमा  सिँचाइ कार्यालयले  दुई करोड ७० लाखको काम गरेको थियो । प्रभावकारी रूपमा काम नगरिँदा अहिले फेरि कटान भइरहेको उनले बताए ।

अहिले कटान भइरहेको स्थानमा तटबन्ध भत्किए सात सय परिवारको उठीवास हुने अध्यक्ष यादवले बताए। साेही स्थानमा तत्काल मर्मतस्वरूप बाँस हालेर बोरा हाल्ने तयारी गरिएको छ ।