१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:५९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दुई सातामा देशभर फैलियो मनसुन, कहाँ–कहाँ छ ठूलो वर्षाको सम्भावना ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:५९:oo

मनसुन भित्रिएको १५ दिनमा देशभर फैलिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायु कमजोर बनेपछि मनसुन देशभर फैलिएको हो।

अहिले मुलुकका कैयौँ ठाउँमा वर्षा भइरहेको छ। महाशाखाका मौसमविद् शान्ति कँडेलका अनुसार मनसुन देशभर फैलिए पनि झरी परिहाल्ने सम्भावना भने छैन।

‘मनसुनी वायुले देशभर कभर गरेको छ, तर झरी परिहाल्ने गरी जलवाष्पयुक्त हावा छैन,’ मौसमविद् कँडेलले नयाँ पत्रिकासँग भनिन्, ‘अहिले मनसुन पूर्ण सक्रिय भइसकेको छैन, सुरुवाती चरणमा छ।’

तर, अब वर्षाका गतिविधि भने क्रमशः बढ्दै जाने उनले बताइन्। महाशाखाका अनुसार सोमबार राति कोशी, मधेश, बागमती, गण्डकी र  लुम्बिनीका केही स्थान तथा कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा ठूलो वर्षाको पनि आकलन गरिएको छ।

मंगलबार कोशी, मधेश, बागमती र गण्डकीका केही स्थान तथा लुम्बिनी,  कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।  कोशी, मधेश, बागमती र गण्डकीका थोरै स्थानमा ठूलो वर्षा हुन सक्ने देखिएको छ।

यस वर्षको मनसुन प्रणाली औसत मितिभन्दा तीन दिनअघि २८ जेठमा भित्रिएको थियो। तर, कोशीको पूर्वी भूभागबाट गण्डकी र लुम्बिनीको पूर्वी भू–भाग पुग्न ११ दिन लागेको थियो। १५ दिनमा सोमबार लुम्बिनीको पश्चिमी क्षेत्र, कर्णाली र सुदूरपश्चिममा मनसुन पुगेको थियो। गत वर्ष मनसुन भित्रिएको २२ दिनमा देशभर फैलिएको थियो।