१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा बालुवाटारमा बैठक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:५६:oo

संघीय संसद् सचिवालयका कर्मचारीको आन्दोलनका विषयमा प्रधानमन्त्रीनिवास बालुवाटारमा शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसमेतको उपस्थितिमा सुरु भएको बैठकमा सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओली, अर्थमन्त्री वर्षमा पुन र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी सहभागी छन् । 

बैठकमा मुख्यसचिव डा. वैकुण्ठ अर्याल र संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेय पनि उपस्थित रहेको सभामुखको प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए । सभामुखले संसद् सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक र अनौपचारिक छलफलसमेत गरिरहेका छन् ।