१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ८ शनिबार
  • Tuesday, 01 July, 2025
रासस दमौली
२o८१ असार ८ शनिबार १२:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जंगली च्याउ खाँदा वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
रासस, दमौली
नयाँ पत्रिका
२o८१ असार ८ शनिबार १२:१६:oo

तनहुँको आँबुखैरेनी गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेका एकजनाको मृत्यु भएको छ। आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए। 

अन्य चारजनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ। यही असार १ गते ५४ वर्षीय डिलबहादुर गुरुङले घरनजिकको जंगलबाट ल्याएको च्याउ खाँदा उनीसहित ५७ वर्षीया मधु गुरुङ, ९२ वर्षीय रणबहादुर गुरुङ, ५८ वर्षीया पम्फी गुरुङ बिरामी भएका थिए।