Skip This
संविधानसभा सदस्य गोस्वामीले अतिक्रमण गरेकोे १५ कट्ठा जग्गा सार्वजनिक कायम
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Tuesday, 11 August, 2026
रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मा संविधानसभा सदस्य कमलेश पुरी गोस्वामीले अतिक्रमित गरेको १५ कट्ठा सार्वजनिक जग्गाको तारबार हटाउँदै सरकारी टोली । 
२o८१ असार ४ मंगलबार o८:३१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

संविधानसभा सदस्य गोस्वामीले अतिक्रमण गरेकोे १५ कट्ठा जग्गा सार्वजनिक कायम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार o८:३१:oo

संविधानसभा सदस्य कमलेश पुरी गोस्वामीद्वारा अतिक्रमण गरिएको १५ कट्ठा जग्गा सार्वजनिक कायम भएको छ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–११ मा गोस्वामीले आफ्नो जग्गासँगैको १५ कट्ठा बढी जग्गा तारबार गरी अतिक्रमण गरेको पाइएपछि कानुनी प्रक्रिया पूरा गरेर सार्वजनिक कायम गरेको लुम्बिनी सांस्कृतिक नगरपालिकाका अमिन सागर बेवारे विकले जानकारी दिए । 

गोस्वामीले सार्वजनिक जग्गा तारबार गरेर अतिक्रमण गरी प्रयोग गर्दै आएको पाइएपछि उनीविरुद्ध गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा उजुरी परेको थियो ।

सार्वजनिक जग्गा व्यक्तिले अतिक्रमण गरी प्रयोग गरेको भन्ने उजुरीका आधारमा छानबिन गर्दा गोस्वामीले जग्गा अतिक्रमण गरी तारबार गरेर भोगचलन गरेको पुष्टि भएको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिए ।

गोस्वामीले मिचिएको सार्वजनिक जग्गामा आफूले लगाएको तारबार हटाउने बताए पनि जिल्ला प्रशासन कार्यालयले दिएको म्यादभित्र तारबार नहटाएपछि प्रहरीको सहायतामा डोजर लगाएर हटाइएको अर्यालले बताए । 

गोस्वामीले रुपन्देहीको साविक मसिना ६ (ख) को कित्ता नम्बर ३१६ र ४०३ सँग जोडिएको सार्वजनिक जग्गा अतिक्रमण गरेका थिए । कित्ता नम्बर ४०३ सँग जोडिएको सार्वजनिक जग्गामा दक्षिणतर्फ जाने बाटोको प्रवेशद्वारमा तारजाली लगाएर बाटो बन्द गरिएको थियो ।

त्यस्तै, उक्त कित्तासँगै जोडिएको पोखरी पनि सार्वजनिक जग्गा अतिक्रमण गरी निर्माण गरिएको भेटिएको अमिन विकले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय रुपन्देही, नापी कार्यालय, मालपोत कार्यालय र लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्राविधिक टोलीले जग्गाको नापजाँच गरी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ ।

डोजर चलेपछि सार्वजनिक जग्गालाई छुट्याएर आफ्नो जग्गामा मात्र तारबार लगाइने गोस्वामीका आफन्त प्रमोद पुरी गोस्वामीले बताए । गोस्वामी तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीबाट संविधानसभा सदस्य बनेका थिए ।