मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ४ मंगलबार
  • Wednesday, 19 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ असार ४ मंगलबार o७:४९:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सूर्य नेपाल प्रिमियर गल्फ आजदेखि

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ असार ४ मंगलबार o७:४९:oo

सूर्य नेपाल गल्फ टुर २०२३–२४ को अन्तिम प्रतियोगिता सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलबारदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुँदै छ । ७२ होलको चार दिनसम्म चल्ने प्रतियोगिता शुक्रबारसम्म हुनेछ । १५ लाख ५० हजार नगद पुरस्कार धनराशि रहेको प्रतियोगिताका विजेताले दुई लाख ७५ हजार पुरस्कार प्राप्त गर्नेछन् । उपविजेताले एक लाख ७५ हजार र तेस्रो स्थानमा रहने गल्फरले एक लाख २२ हजार प्राप्त गर्नेछन् । चौथो स्थानमा रहने गल्फरले एक लाख दुई हजार र पाँचाैँ हुनेले ८० हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ । 

पुरस्कार राशिका आधारमा सिजनकै ठूलो प्रतियोगितामा ३७ प्रोफेसनल र ११ एमेच्योर गल्फरको सहभागिता रहने सोमबार पिजिए नेपालका महासचिव दीपक आचार्यले जानकारी दिए । दुई दिनको खेलपछि कट लागू हुनेछ । ३६ होलको समाप्तिमा उत्कृष्ट २१ र टाईमा पर्ने प्रोफेसनल खेलाडीले मात्र अन्तिम दुई दिनको खेलका लागि स्थान बनाउनेछन् । एमेच्योर गल्फरको हकमा पनि कट बनाउन उत्कृष्ट २१ भित्र पर्नुपर्नेछ । 

यो सिजनको अन्तिम प्रतियोगितापछि सिजन अवधिभर कुल पुरस्कार रकम प्राप्त गरेका आधारमा नम्बर एक गल्फरको होडमा अहिले भुवन नगरकोटी सबैभन्दा अगाडि रहेका छन् । उनी धरानका नीरज तामाङभन्दा एक लाख १८ हजार आठ सय ७५ रुपैयाँले अगाडि छन् । भुवनले यो सिजनको सात प्रतियोगिता सकिँदा पाँच लाख ६६ हजार आठ सय ७५ नगद पुरस्कार कमाएका छन् । उनले यो सिजन सूर्य नेपाल वेस्टर्न ओपन जितेका थिए ।

 सुवास र सद्भाव दाबेदार
नीरज तामाङ चार लाख ४८ हजारसहित मनी लिडर तालिकामा दोस्रो स्थानमा छन् । उनले यो सिजन सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका थिए । सूर्य नेपाल म्याच प्ले जितेका दिनेश प्रजापति तीन लाख ७२ हजारसहित तेस्रो स्थानमा छन् । सूर्य नेपाल च्यालेन्ज जितेका रवि खड्का तीन लाख ७२ हजारसहित चौथो र दुई लाख ६० हजार सात सय २५ नगदसहित सञ्जय लामा पाँचाैँ स्थानमा रहेका छन् ।

मनी लिडरलाई साबिक विजेता सुवास तामाङले चुनौती प्रस्तुत गर्ने सम्भावना छ । एमेच्योर गल्फर रहँदा सुवासले कुल पाँच उपाधि जितेका थिए । यो सिजन प्रोफेसनल गल्फर बनेका उनको यो घरेलु टुरमा दोस्रो प्रतियोगिता हो । यो सिजन सातमध्ये दुई प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन र सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिप जितेका एमेच्योर गल्फर सद्भाव आचार्य पनि प्रमुख दाबेदार हुन् । उनले यो सिजन सात प्रतियोगिताको समाप्तिमा कुनै पनि प्रोलेभन्दा बढी उपाधि जितेका छन् । पिजिए नेपालका अध्यक्ष रविन्द्रमान श्रेष्ठले यो सिजनकै सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगितामा कडा प्रतिस्पर्धा हुने जनाए ।