१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
फाइल तस्बिर ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:३o:oo
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

काठमाडौं महानगरका जनप्रतिनिधिलाई मेयर साहको चेतावनी- ‘कांग्रेस, एमालेको धङधङी बोकेर नआउनुहोला’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:३o:oo

काठमाडौं महानगरपालिकाको नगरसभा स्थगित भएपछि मेयर बालेन्द्र साहले अन्य जनप्रतिनिधिलाई सभामा दलगत धङधङी बोकेर नआउन चेतावनी दिएका छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै मेयर साहले नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउन भनेका हुन्।

आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ३२ जेठमा प्रस्तुत वार्षिक नीति तथा कार्यक्रममाथि छलफल गर्न नगरसभाको बैठक बोलाइएको थियो। एमाले, कांग्रेसका केही जनप्रतिनिधिले बैठक बहिष्कार गरेपछि मेयर साहको आक्रोश सार्वजनिक भएको हो।

‘काठमाडौं महानगरपालिकाको नगरसभामा कांग्रेस, एमालेको धङधङी बोकेर नआउनु होला,’ सामाजिक सञ्जालमा उनको भनाइ छ।

मेयर साहले केही नेताको कारण सभाका अन्य जनप्रतिनिधिको अधिकार हनन भएको चर्चा पनि गरेका छन्।

‘नगरसभामा कोही पनि कुनै पार्टीको नेता र उपनेताका रूपमा रहँदैन । एक सय ६० जनाको नै हरेक निर्णयमा समान सहभागिता र स्वामित्व रहन्छ,’ उनले भनेका छन्, ‘तीनजना नेताले गर्दा एक सय ६० जना जनप्रतिनिधिको बोल्ने अधिकार हनन भयो।’

उनले महानगरका कुनै पनि नीति–योजनाबारेको छलफल बन्दकोठामा नहुने स्पष्ट पारेका छन्। ‘काठमाडौं महानगरको कुनै पनि नीति, योजनाबारेमा छलफल बन्द कोठामा हुँदैन । जे हुन्छ, हरेक नागरिकले चासो गर्दा देख्न सकिने गरी हुन्छ । यही कारण हामीले नगरसभा लाइभ गर्ने गरेका हौँ ।’ 

उनले बन्दकोठामा केही नेताले राजनीतिक लेनदेन गर्ने र बाहिर त्यसको औपचारिकता मात्र दिने गरेकोसमेत बताएका छन्। ‘बन्द कोठामा केही नेताले राजनीतिक लेनदेन गरेर सहमति गर्ने अनि सार्वजनिक रूपमा चाहिँ त्यसको औपचारिकता मात्रै दिने काम काठमाडौं महानगर पालिकाले गर्दैन ।