मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 16 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o७:४५:oo
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

लोकगायक बस्नेतलाई  दीर्घ साधना सम्मान 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o७:४५:oo

वरिष्ठ लोकगायक कुमार बस्नेत दीर्घ साधना सम्मानबाट सम्मानित भएका छन् । शनिबार राजधानीमा आयोजित कार्यक्रममा बस्नेतलाई दरबार रोधी क्लबले आफ्नो १६औँ वार्षिकोत्सवका अवसरमा सम्मानित गरेको हो ।

सयौँ चर्चित र लोकप्रिय लोकगीत गाएका ८१ वर्षीय बस्नेतले समाजका विकृति, विसंगति, कुसंस्कारलाई लोकगीतमार्फत जनतामा ल्याएकाले बस्नेतलाई दीर्घ साधना सम्मानबाट सम्मानित गरिएको क्लबका अध्यक्ष अशोक गिरीले बताए । कार्यक्रममा पत्रकार ऋषि धमलालाई विशेष सम्मान प्रदान गरियो । 

यस्तै, गायक बद्री पंगेनी, सुनिता दुलाल, कृष्ण आँसु, नयाँ पत्रिकाकर्मी अन्वेषण अधिकारी, रातोपाटी अनलाइनका नरेन्द्र रौले, सेतोपाटीका सुशील नेपाल, अनलाइनखबरका विष्णु शर्मा, मज्जाको टिभीकी आयशा दाहाललगायतलाई नागरिक उड्डयन तथा संस्कृतिमन्त्री हितबहादुर तामाङले सम्मानित गरे ।