१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:o३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

जापान आकर्षक र सुरक्षित गन्तव्य : श्रममन्त्री

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o३:oo

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालस्थित जापानका राजदूत किकुता युताकालाई नेपाली श्रमिक न्यूनतम शुल्कमा जापान जाने वातावरण बन्नुपर्ने बताएका छन् ।बुधबारमन्त्री अर्याल र राजदूत युताका बीच भएको भेटमा नेपाली युवाले जापानमा रोजगारीका लागि तीव्र चाहना राखेको विषयमा छलफल भएको थियो । सो छलफलमा नेपाली श्रमिकले जापानलाई आकर्षण र सुरक्षित गन्तव्यको रूपमा लिने गरेको मन्त्री अर्यालले जानकारी गराएका थिए ।

विगतमा नेपाल र जापानबीच कामदार लैजाने सम्बन्धमा भएका सम्झौताको कार्यान्वयनका लागि कार्यविधि बनाउने काम भइरहेको मन्त्री अर्यालले सो अवसरमा बताएका थिए । त्यस्तै, नेपाली श्रमिक नठगिने गरी न्यूनतम सेवा शुल्कमा जापानी दूतावासको समन्वय हुने गरी नेपाली कामदार जापान पठाउन चाहेको मन्त्री अर्यालले बताएका थिए । उनले आन्तरिक रोजगारीको उपयुक्त वातावरण सिर्जना गरी नेपालमा नै अवसर उपलब्ध गराउन पनि सरकार क्रियाशील रहेको उनको भनाइ थियो । 

‘स्वदेशमा नै रोजगारीका अवसरहरू उपलब्ध गराउने र त्यस्ता अवसर पर्याप्त रूपमा उपलब्ध नभएको अवस्थामा निश्चित भाषा सीप सिकेर अनुकूल मौसम, एवं काम गर्ने सुरक्षित वातावरण भएका जापानजस्ता मुलुकमा नेपाली रोजगारीका लागि जान सकून् भन्ने मनसायले पनि सरकार काम गरिरहेको छ,’ भेटमा मन्त्री अर्यालले भने । 

त्यस्तै, जापानी राजदूत युताकाले नेपाल–जापान श्रम सम्बन्धका खुला छलफल गर्न पाएको भन्दै आवश्यक सहजीकरण गर्न तयार रहेको वताएका थिए । उनले स्वदेशभित्रै रोजगारीका प्रशस्त अवसर सिर्जना गर्न पनि सुझाव दिएका थिए ।