१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २१:१९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एक्सिलेन्सका दुवै टोली सेमिफाइलनमा 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २१:१९:oo

क्रिकेट एक्सिलेन्स सेन्टरका दुवै टोलीले एनसिसिएस महिला तथा पुरुष टी–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका छन्। 
प्रतियोगितामा एक्सिलेन्सका दुई शाखा काठमाडौं र भक्तपुरले सहभागिता जनाएका थिए। 

समूह ‘ए’ मा लगातार दुई खेल जित निकालेको एक्सिलेन्स काठमाडौंले चार अंक जोड्यो। भक्तपुर क्रिकेट सेन्टरले दुई खेलबाट दुई अंक जोड्दै अन्तिम चार यात्रा तय गर्‍यो। 

समूहबाट बलपार्क भने बाहिरिएको छ। समूह ‘बी’ मा समान एक खेलबाट एक्सिलेन्स भक्तपुर र ग्रेट हिमालय क्रिकेट एकेडेमीले सेमिफाइनलमा स्थान बनाएका छन्। लगातार दुई खेलमा पराजित ओसिस एकेडेमी बाहिरिएको छ। 

बिहीबार हुने खेलबाट समूह ‘बी’को विजेताको टुंगो लाग्नेछ । महिलातर्फ काठमाडौं जिल्लाको ६ अंक छ। भक्तपुरले तीन र ललितपुरले एक अंक जोडेको हो। 


एक्सिलेन्सको दोस्रो जित 
प्रतियोगितामा बुधबार एक्सिलेन्स काठमाडौंले लगातार दोस्रो जित निकालेको छ। मूलपानी क्रिकेट मैदानमा बुधबार क्रिकेट एक्सिलेन्सले भक्तपुर क्रिकेट सेन्टरलाई पाँच विकेटले पराजित गर्‍यो। 

टस हारेर पहिला ब्याटिङ गरेको भक्तपुरले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९३ रनको लक्ष्य प्रस्तुत गरेको थियो। प्रत्युत्तरमा एक्सिलेन्सले १५.१ ओभरमा पाँच विकेट गुमाउँदै जित निकालेको हो। 

क्रिकेट एक्सिलेन्सका लागि सोनु देवकोटाले ३४, दीपेन्द्र रावतले २६ र सूर्य तामाङले अविजित १२ रन बनाए। भक्तपुरका लागि विकास आग्री र अमरसिंह रौटेलाले समान दुई तथा दीपक बोहराले एक विकेट लिए। 

भक्तपुरका लागि पुरन थापाले अविजितले ३५ र दीपक बोहराले ११ रन बनाए। क्रिकेट एक्सिलेन्सका लागि सूर्यले चार, सोनु देवकोटाले दुई र युनिशविक्रम सिंहले एक विकेट लिए। यो खेलसँगै सेमिफाइनल समीकरण पूरा भएको छ। 

Please wait while image is uploading...