१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 11 May, 2025
Invalid date format o८:१४:oo
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एम्बाप्पे अब रियल म्याड्रिडमा

पिएसजीका लागि ३ सय ८ खेलमा २ सय ५६ गोल गरेका एम्बाप्पे अब स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्ने

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format o८:१४:oo

फ्रेन्च स्ट्राइकर केलियन एम्बाप्पेले फ्रान्सको व्यावसायिक फुटबल करिअर समाप्त गरेका छन् । उनले पेरिस सेन्ट जर्मेन (पिएसजी)का लागि शनिबार राति अन्तिम खेल खेलेका छन् । उनले अन्तिम खेल खेल्दै उपाधि हात पारे । पिएसजीले फ्रेन्च कप फाइनलमा लियोनलाई २–१ ले हरायो । एम्बाप्पेले अब स्पेनिस क्लब रियल म्याड्रिडबाट खेल्नेछन् । गत सिजन म्याड्रिडले एम्बाप्पेसँग सम्झौता गरेको थियो । २५ वर्षीय उनलाई बिदाइ गर्ने क्रममा पिएसजीका खेलाडी तथा पदाधिकारी भावुक बनेका थिए । 

पिएसजीलाई उपाधि दिलाउने क्रममा उस्मान डेम्बेले र फाबियान रुजले एक–एक गोल गरेका थिए । पिएसजीले यस सिजनमा ट्रेबल उपाधि हात पा¥यो । पिएसजीका लागि एम्बाप्पे सर्वाधिक गोल गर्ने सूचीको शीर्ष स्थानमा छन् । उनले सात वर्ष क्लबमा रहँदा तीन सय आठ खेलमा दुई सय ५६ गोल गरे । 

एम्बाप्पले गत वर्ष नै म्याड्रिडसँग अनुबन्ध हुने योजना बनाएको खुलासा गरेका छन् । ‘गत सिजनमै स्पेनिस क्लबमा आबद्ध हुने योजना बनाएको थिएँ,’ एम्बाप्पले भने, ‘मेरो सपनाको क्लबमा आबद्ध हुन पाउँदा खुसी छु ।’ अन्य क्लबमा जाँदा आफू भावुक भएको उनले बताए । ‘यस क्लबसँगको सम्बन्ध निकै दरिलो छ, पेरिस छाड्दा अन्य खेलाडीजस्तै म पनि भावुक बनेको छु,’ उनले भने । 

मेसी र नेमारसँग सहकार्य
पिएसजीसँग बिताएको प्रत्येक सिजन उत्कृष्ट भएको उनको भनाइ छ । ‘यद्यपि, म यहाँ नरहे पनि फ्रान्समा रहेका समर्थकले पिएसजीको खेल हेर्नेछन्, अहिले युवा खेलाडी आउने क्रममा छन्,’ उनले भने, ‘पिएसजी एउटा सपनाको क्लब हो, यहाँ खेल्न धेरै मिहिनेत गर्नुपर्छ ।’ पिएसजीमा एम्बाप्पेले अर्जेन्टिनी स्ट्राइकर लियोनल मेसी तथा ब्राजिलियन नेमारसँग सहकार्य गर्ने अवसर पाएका थिए । 

कुनै समय तीनजना वर्तमान समयकै उत्कृष्ट स्ट्राइकर रहँदा युरोपियन फुटबलमा पिएसजीको फिनिसिङ सबैभन्दा बलियो मानिएको थियो । गत वर्ष मेसी र नेमारले पिएसजी छाडे । डेभिड बेकह्यामको लगानी रहेको इन्टर मियामी क्लबमा मेसीले सम्झौता गरेका थिए । मेसी र नेमार नरहदा एम्बाप्पले क्लब छाड्ने योजना बनाएका थिए । 

२०१७ मा एम्बाप्पे मोनाकोबाट पिएसजीमा आबद्ध भएका थिए । सात वर्षको अन्तरमा उनले ६ वटा फ्रेन्च लिग वान तथा 
चारवटा फ्रेन्च कप उपाधि जिते । यसैगरी उनले दुईपटक लिग कप उपाधि हात पारे ।