१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ९ बुधबार
  • Friday, 04 July, 2025
२o८१ जेठ ९ बुधबार o८:५७:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

छैटौँपटक युरो खेल्दै रोनाल्डो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ९ बुधबार o८:५७:oo

क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी रूपमा छैटौँपटक युरो २०२४ खेल्दै छन् । अर्को महिना जर्मनीमा हुने युरो २०२४ फुटबल प्रतियोगिताका लागि मंगलबार पोर्चुगलले रोनाल्डोको कप्तानीमा टोली घोषणा गरेको हो । सन् २००४ मा उनले युरोकपमा डेब्यु गरेका थिए । लगातार ६ पटक युरोपियन च्याम्पियनसिप खेल्ने उनी पोर्चुगलका एक्ला खेलाडी हुन् । 

डेब्यु युरोकपमा उनी उपविजेता बन्दा पोर्चुगल ग्रिससँग फाइनलमा पराजित भएको थियो । साउदी अरेबिया प्रो लिगमा आबद्ध रोनाल्डोको यो समग्रमा ११ प्रमुख अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता हो । ३९ वर्षीय रोनाल्डोको नाममा दुईवटा विश्व कीर्तिमान रहेको छ । उनी राष्ट्रिय टोलीबाट धेरै खेल्नेसँगै सर्वाधिक अन्तर्राष्ट्रिय गोलकर्तासमेत हुन् । उनले अहिलेसम्म एक सय २८ अन्तर्राष्ट्रिय गोल गरेका छन् । प्रशिक्षक रोवर्टाे मार्टिनेजले २६ जना खेलाडी घोषणा गर्दा सात स्ट्राइकर समावेश गरेका छन् । 

करिअरको उत्तराद्र्ध समय बिताइरहेका रोनाल्डोलाई फिटनेसका कारण समावेश गरेको प्रशिक्षक मार्टिनेजले बताए । ‘फिनिसिङमा अनुभवी खेलाडी आवश्यक पर्छ, जुन क्षमता रोनाल्डोसँग छ,’ मार्टिनेजको भनाइ छ । पाँचपटकको बालोन डी अर विजेता रोनाल्डोको कप्तानीमै पोर्चुगलले सन् २०१६ को युरोकप जितेको थियो । उनले अन्तर्राष्ट्रिय फुटबलमा प्राप्त सफतला नै युरोकप हो । सन् २०१८–१९ को सिजनमा पोर्चुगल नेसल्स कपको उपविजेता बनेको थियो ।