१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १३:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विदेशी हस्तक्षेप स्विकार्नेहरू अस्थिरता सिर्जना गर्न खाेजिरहेका छन् : महासचिव पोखरेल  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:४३:oo

नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकमा अस्थिरता कायम गरेर विदेशी हस्तक्षेपमा रमाउनेहरू सल्बलाएको बताएका छन्।

प्रेस चौतारी दाङले आइतबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले अहिले बनेको गठबन्धन बाह्य हस्तपक्षबेगर बनेको दाबी गर्दै उनले यसमा चित्त नबुझाएकाहरू अस्थिरता जन्माउनेतर्फ लागेको बताएका हुन्।

‘यो गठबन्धन नेपालका राजनीतिक दहरूलाई बाह्य हस्तक्षेपबेगर आफैँ निर्णय गर्ने प्रक्रियामा प्रवेश गर्नुपर्दछ भन्ने प्रयास हो,’ उनले भने, ‘यो प्रयासमा चित्त नबुझाएका साथीहरू अस्थिरता सिर्जन गर्ने ध्याउन्नमा लागेका छन्।’

साना दलहरूलाई नयाँ समीकरणविरुद्ध खडा गर्ने प्रयत्न भइरहेकोसमेत महासचिव पोख्रेलले बताए। विगतमा एमाले फुटाउनका लागि ल्याइएको २० प्रतिशतको कानुनअनुसार नै अहिले साना दलहरूमा फुट आएको दाबी गर्दै उनले अहिले दल फुटाउन २० प्रतिशत ल्याएको गलत सन्देश दिन खोजिएको उनको भनाइ थियो। 

महासचिव पाेखरेललले अहिले संसदमा भइरहेका गतिविधिले सुखद सन्देश नदिएकोसमेत बताए। ‘आफूमाथि लागेको आरोपका विषयमा संसदमा बोल्न पाउनुपर्छ भन्ने कुरा अस्वीकार गर्ने कुरा उचित होइन। बोल्ने अधिकारकै लागि यत्रो बलिदानी, संघर्ष भएको हो। एउटा पार्टीको सभापतिले ममाथि लागेको आरोपलाई संसदमा उभिएर बोल्न चाहन्छु भन्ने कुरालाई रोक्नु कांग्रेसजत्तिको पार्टीका लागि उचित होइन,’ उनले भने। 
 
उनले नेपालमा पछिल्लो समय आर्थिक सुधारका सूचक सकारात्मक रहेको बताए। साथै उनले टरिगाउँ एयरपोर्टमा बजेट आउने गरी आफूले सरकारलाई सुझाव दिएको जानकारी गराए।