१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका महेन्द्रनगर (धनुषा)
Invalid date format १o:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दुर्घटनामा पत्रकार रोहिताको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, महेन्द्रनगर (धनुषा)
नयाँ पत्रिका
Invalid date format १o:३९:oo

जनकपुरधाममा कारले मोटरसाइकललाई ठक्कर दिँदा पत्रकार शिवेन्द्र रोहिताको मृत्यु भएको छ।जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा आज बिहान बा २१ च ३३४३ नम्बरको कारले पत्रकार रोहिता सवार प्रदेश २ ज ५६९४ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए।

धनुषाको सहिदनगर नगरपालिका–८ घर भएका ३२ वर्षीया रोहिता ‘जनकपुर अनलाइन’का सञ्चालक तथा मकालु खबरमा कार्यरत थिए।

मोटरसाइकलको पछाडि सवार २५ वर्षीय जयनाथ यादव घाइते भएका छन्। उनको जनकपुरको सीता अस्पतालमा उपचार भइरहेको छ। कारचालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक तिवारीले बताए।